
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।
उच्च स्रोतले दिएको जानकारी अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको छ । तर उनीहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन । आवश्यक परे इन्टरपोलमार्फत पनि नोटिस जारी गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने स्रोतले जनाएको छ ।
स्वास्थ्य उपचारका लागि भन्दै देउवा दम्पत्ति हाल विदेशमा छन् । नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका देउवाको घरमा जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा जलेका नोट भेटिएको थियो ।










