Logo
Logo

दलीय राजनीतिबाट अलग भएको राष्ट्रियसभा उपाध्यक्षको घोषणा


441
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष लीलाकुमारी भण्डारीले दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन‍् ।

आज विज्ञप्ति जारी गरेर उपाध्यक्ष भण्डारीले निष्पक्षता र तटस्थता कायम गरी काम गर्ने प्रतिबद्धतासहित विगतमा आफूले लिँदै आएको दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएको बताएकी हुन् ।

नेकपा (एमाले)बाट निर्वाचित भण्डारी सो पार्टीको केन्द्रीय सदस्य थिइन् । उनी यही चैत २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्