Logo
Logo

‘श्रीमती मोह’ले मन्त्री पद चैट, अर्को मन्त्रीको पनि पद धरापमा !


4.6k
Shares

काठमाडौं । शपथ ग्रहण गरेको १३ दिन पनि पुग्न नपाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साह मन्त्री निवासबाट बाहिरिन बाध्य भएका छन् । गत चैत्र ४ र ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ‘राइट टु रिकल’ अर्थात् (फिर्ता बोलाउन पाउने अधिकार) बारे सचेत गराएका थिए ।

सुशासनको चर्को नारा लगाउँदै सिंहदरबार छिरेका साह, आफ्नै पार्टीको ‘राइट टु रिकल’ को डन्डा बज्रिने पहिलो अभागी पात्र बनेका छन् । साहको पृष्ठभूमि पहिलेदेखि नै विवादास्पद त थियो नै, तर पछिल्लो समय उनले देखाएको ‘श्रीमती मोह’ नै उनको पदमुक्तिको मुख्य कारण बन्यो । पार्टी सभापति लामिछानेको लिखित सिफारिसमा प्रधानमन्त्री बालेन साहले पदमुक्त गरेसँगै उनको मन्त्री पदको ‘हनिमुन पिरियड’ नपुग्दै लज्जास्पद बिदाइ भएको छ । श्रीमतीलाई सरकारी निकायमा भर्ती गर्ने र पदीय मर्यादा भुल्ने उनको हर्कतले अन्ततः उनलाई मन्त्री निवासबाट सडकमै पु¥याइदिएको छ ।

रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ । साथै पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो ।

यो प्रकरणले दिपक साहको पद मात्र गएन, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको कुर्सी पनि हल्लाएको छ । श्रीमती मोहमा डुबेका साहलाई साथ दिएको र अपेक्षित गम्भीरता नदेखाएको भन्दै प्रधानमन्त्री बालेनले मेहतालाई पनि ’सचेत’ गराएका छन् । मन्त्री साहको १३ दिने कार्यकालले यो प्रमाणित गरिदियो छ कि पद पाउनु ठुलो कुरा होइन, पद पचाउनु र जोगाउनु ठुलो कुरा हो । यदि अरू मन्त्रीहरूले पनि पदको मर्यादा बिर्सिएर व्यक्तिगत स्वार्थमा रमाइरहे भने, तिनीहरूको हालत पनि दिपक साहको जस्तै ’आए मन्त्री, गए मन्त्री’ हुन बेर लाग्ने छैन।

स्पष्टीकरणबिना पदमुक्त गरियो
श्रममन्त्रीबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले मुख खोलेकी छन् । आफ्नो श्रीमानमाथि अन्याय भएको उनले गुनासो गरिन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज श्रममन्त्री शाहलाई पदीय दुरुपयोग गरेको आरोपमा बर्खास्त गरेका हुन् । श्रममन्त्रीले आफ्नो पत्नीलाई स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य बिमा बोर्डमा थमौति गराएको आरोप लगाइएको छ ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आएर आफ्नो स्पष्टीकरण दिएकी हुन् । स्वास्थ्य बिमा बोर्डमा आफ्नो निरन्तरतालाई लिएर श्रीमानलाई जोड्नु आवश्यक नभएको उनको टिप्पणी छ ।

श्रीमान र आफूसँग एकपटक पनि स्पष्टीकरण नसोधि कारबाही गरिएको गुनासो श्रेष्ठले गरेकी छन् । ७ मिनेटको भिडिओमा श्रेष्ठले आफ्नो योग्यता र उपलब्धीको फेहरिस्त प्रस्तुत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्