Logo
Logo

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


882
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले संवत् २०८२ साल चैत २७ गते राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यसपछि सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकले उपसभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको छ । उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेका छन् ।

उपसभामुख पदको निर्वाचन कार्यक्रम अन्तर्गत शुरुमा ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् भने सांसद ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्ने छन् ।

त्यस्तै सांसद आरेन राईले सांसद रुबी कुमारीलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् भने सांसद अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौलाले समर्थन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्