
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।
बैठकमा आज हुने उपसभामुखको निर्वाचन र अन्य विषयमा पनि छलफल गरिने रास्वपाले जानकारी दिएको छ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेकी छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सांसद सरस्वती लामालाई उपसभामुख पदमा उठाएको छ । आज ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन हुँदै छ ।
तर प्रतिनिधि सभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत (१८२ सिट) भएकाले उसको समर्थन पाएको रुबी ठाकुर नै उपसभामुख बन्ने निश्चित छ ।










