काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले ठाकुरलाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री समेत रहेका रास्वपा संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरू सहभागी रहेका थिए ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।
प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।










