Logo
Logo

उद्योग मन्त्रीमा गौरीकुमारी र श्रममा रामजी यादव नियुक्त


945
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई नयाँ मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ ।

त्यस्तै सुरुदेखी नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवार भने गौरी कुमारी यादवलाई दिइएको छ । 

रामजी सप्तरी-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने गौरी महोत्तरी-४ बाट निर्वाचित भएकी हुन् । 

दुवैले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्