Logo
Logo

सांसदहरूलाई आफन्त र साथीभाइलाई नियुक्ति दिलाउनका लागि नलाग्न रविको निर्देशन 


756
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सांसदहरूलाई आफन्त र साथीभाइलाई नियुक्ति दिलाउनका लागि नलाग्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा उनले सो निर्देशन दिएका हुन् ।

‘बैठकमा रविले आफूहरू जेनजीहरूको बलिदानबाट यो ठाउँमा आइपुगेकोले त्यसलाई स्मरणमा राख्न सांसदहरूको ध्यानाकर्षण गराएका हुन् । 

दलको बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० पनि सहभागी थिए । यद्यपि उनले बैठकमा केही पनि बोलेनन् ।

संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ । रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उपसभामुखको निर्वाचन आज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्