Logo
Logo

जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण


1.4k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ । 

The current image has no alternative text. The file name is: manataralaya.jpg

मन्त्रालयले उनीहरूलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिका विषयमा स्पष्टीकरण सोधेको हो । स्वास्थ्य बीमा बोर्डको सदस्यको नियुक्ति र सदस्यको बैठकमा उपस्थितिलगायतका विषयमा मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सापकोटा र कार्यकारी निर्देशक पौडेललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

बीमा बोर्डको सदस्य नियुक्तिबारे माइन्युटका विषयहरू, निर्णय र उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीहरूकै भूमिका रहेको सार्वजनिक भएको थियो ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमा सापकोटा र पौडेललाई उक्त विषयमा संलग्नता र भूमिका रहे–नरहेको र के–कति कारणले यस्तो भएको हो भन्ने बारेमा तीन दिनभित्र जवाफ मन्त्रालयमा पेस गर्न भनिएको छ ।

निस्क्रिय भइसकेको बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुन: बैठकमा सहभागी गराएपछि विवाद भएको थियो । श्रेष्ठ हालै पदमुक्त गरिएका मन्त्री दीपक साहकी श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस्