काठमाडौं । नेकपाले आफ्ना नेताहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई पूर्ण सहयोग गर्ने बताएको छ ।

नेकपा नेता राजेन्द्र पाण्डेले सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन अघि बढाएमा आफ्नो पार्टीले सघाउने बताएका छन् । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “हामी २०४७ सालपछिका सांसद र मन्त्री बनेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न तयार छौँ । सरकारले कानुनी प्रक्रिया बनाएर छानबिन गर्न सक्छ ।”
छानबिनमा गल्ती देखिए कारबाही भोग्न पनि तयार रहेको पाण्डेले बताए । नेकपाका संयोजक प्रचण्डले पनि आफूहरू सम्पत्ति छानबिन गर्न तयार रहेको बताएका छन् । सरकारले प्रचण्ड, देउवा, ओलीलगायत शीर्ष नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।










