Logo
Logo

ट्रकको ठक्करबाट ट्राफिक प्रहरी इन्स्पेक्टर गम्भीर घाइते


1.1k
Shares

काठमाडौं । तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा ट्रकको ठक्करबाट ट्राफिक प्रहरीका एक इन्स्पेक्टर गम्भीर घाइते भएका छन् ।

डिउटी सकेर मोटरसाइकलमा नेपालटारबाट फुटुङतर्फ जाँदै गर्दा राति सवा ११ बजे विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिंदा ३२ वर्षीय ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा गम्भीर घाइते भएका हुन् ।

उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएको प्रहरीले जनाएको छ ।

घाइते भएका इन्सपेक्टर लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत छन् । रामेछाप घर भएका उनी तार्केश्वरक–७ फुटुङ बस्दै आएका थिए ।

लामाले २०७२ सालमा प्रहरी जवानमा भर्ना भै खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।

प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी–५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्