Logo
Logo

मुद्दामा चलखेल गर्ने इन्सपेक्टर हटाइए


- दृष्टि न्युज/संवाददाता


बाँके, ४ मंसिर ।
जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखामा कार्यरत इन्सपेक्टर हृदय सापकोटा कारबाहीमा परेका छन् । विभिन्न मुद्दामा आर्थिक चलखेल गरेको खुलेपछि उनलाई हटाइएको छ ।


बुधबार उनको संघीय प्रहरी इकाई कार्यालयमा सरुवा भएको छ । पछिल्लो पटक उनले जुवाडेहरुसँग पैसा उठाएको खुलेको थियो ।
उता बाँकेमा २९ लाखसहित पक्राउ परी छुटेका पेशेवर जुवाडेहरु बर्दिया पुगेर धन्दा जारी राखेका छन् । बर्दियाका एसपी केदार रजौरोसँग सेटिङ मिलाएर तिहारभरी उनीहरुले जुवा खेलाएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्