Logo
Logo

अरुणिमाकोे ३४ औँ स्थापना दिवस सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औ स्थापना दिवस स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ । ज्ञानरुपी ज्योतिले अज्ञानरुपी अन्धकारलाई हटाउने महान संकल्प बोकेर काठमाडांैको आरुवारी विसं २०४२ मा स्थापित संस्था यो स्थानसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ । गुठियारहरुको सहयोगमा शैक्षिक गुठीकारुपमा संचालित प्रतिष्ठानले अरुणिमा मावि, बौद्ध, नव अरुणिमा मावि, आरुवारी एवम अरुणिमा शिशु सदन मावि, महाँकालसमेतको सुव्यवस्थापन गर्न सफल भइसकेको छ ।

स्थापना दिवसको अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्वतर्फ मिक्सु लामा र ठूलीमाया रिसाल, वरिष्ठ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता बिजय चालिसे र शिक्षक तथा कर्मचारीका तर्फबाट विद्यालय सेवामा २० वर्षे कार्यकाल बिताएका तेजप्रकाश ढुंगेललाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राडा देवराज अधिकारीले राष्ट्रको विकासमा अतुलनीय योगदान पु¥याउदै आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट बिद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा सहित शुभकामना व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले सम्पूर्ण सहयोगी हातहरुका कारण अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा आउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका थिए । उनले आगामी दिनमा प्रतिष्ठानका विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्ति गरे ।
कार्यक्रममा तीनैवटा शैक्षिक संस्थाका बिद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो भने बिद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने बिभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुति समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्