Logo
Logo

पूर्णबहादुरलाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी


756
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । अनुशासन समितिको आज दिउँसो ३ बजे बस्ने बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी भएको हो ।

खड्कालाई वैशाख २ गते बसेको अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो ।

सर्वोच्च अदालतले आधिकारिकता विवाद टुंग्याउँदै विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य सकिएको निष्कर्षमा कांग्रेस नेतृत्व पुगेको छ ।

आइतबार साँझ सभापति थापाले खड्कालाई उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए । खड्काले आफूलाई स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय हास्यास्पद र अर्थहीन रहेको बताउँदै आएका थिए । तर, सर्वोच्चले विशेष महाधिवेशनको पक्षमा फैसला गरेपछि खड्का समूहले न्यायालयको निर्णय स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्