काठमाडौं । काठमाडौं उपत्यकाको जडिबुटीस्थित मनोहरा नदी किनारमा अतिक्रमित भूमि खाली गराउने क्रममा तनाव उत्पन्न भएको छ ।

शनिवार साँझ बस्ती हटाउन पुगेको टोली र डोजरमाथि ढुंगामुढा प्रहार हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब केही कर्मचारी घाइते भएका छन्।
भक्तपुरतर्फको भागमा अतिक्रमित संरचना भत्काउन पुगेका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई लक्षित आक्रमण भएको हो।
ढुंगामुढाबाट घाइते भएका सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चारैतिरबाट ढुंगामुढा प्रहार हुन थालेपछि सशस्त्र प्रहरी बल ९एपीएफ० र नेपाल प्रहरीको टोलीले भवन भत्काउने कार्य रोकेर आजका लागि अभियान स्थगित गरेको छ।











