Logo
Logo

मनोहरा किनारको बस्ती हटाउने क्रममा तनाव, करिब १ दर्जन प्रहरी घाइते


1.2k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ ।

The current image has no alternative text. The file name is: manohara.jpg

संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा गरेको हो । 

उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

संरचना खाली गर्न गएको टोलीलाई स्थानीयले आज नगरी भोलि भत्काउन अनुरोध गरेको थियो ।

उनीहरूको अनुरोधलाई स्विकारेर प्रहरीको टोली फर्कीएको छ । 

प्रतिक्रिया दिनुहोस्