Logo
Logo

प्रहरीका प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुस रकमसहित पक्राउ


3.2k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

The current image has no alternative text. The file name is: arrested.jpg

लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

आयोगका अनुसार विष्णु थापा क्षेत्रीले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्