काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ । मधेशका बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमित जग्गा खाली गराउने काम भइरहेको छ ।

बिहानैदेखि उक्त जग्गामा रहेको ३८० वटा घरटहरा खाली गराइएको हो । दुईवर्षदेखि खाली गराउने प्रयास गाउँपालिकाले गरिरहेको थियो । त्यसमा मधेश प्रदेश सरकारले सक्रिया देखाएकापछि जग्गा खाली गर्ने कार्य सुरु भएको हो ।
यस्तै सोही गाउँपालिकाको मधुवनमा रहेको गुठीको २९ विघा अतिक्रमित जग्गा पनि खाली गराउने काम समेत भइरहेको छ । खाली गराउन ३ सयको सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।











