Logo
Logo

चुनावमा असहयोग गर्ने नेतालाई कारबाही गर्ने एमालेको निर्णय


945
Shares

काठमाडौं । नेकपा एमालेले चुनावमा असहयोग गर्ने नेताहरुमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय÷परामर्श कमिटीको वैशाख १० गते बसेको बैठकले २१ फागुनमा सम्पन्न निर्वाचनमा असहयोग गर्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलले ८ बुँदे निर्देशन जारी गरेर तल्लो तहमा पठाएका छन् । ‘अनुशासनको आधारमा मातहत कमिटीबाट कारबाहीमा परेका र निर्वाचनमा घोषितरुपमा अर्को पार्टीलाई सघाएका सदस्यहरूको बारेमा आवश्यक निर्णय लिने,’ निर्देशनमा भनिएको छ ।

यस्तै, बैठकले मृत्यु भएका, पार्टी छोडेको घोषणा गरेका र दोहोरो पार्टीमा सदस्यता रेकर्ड भएकाहरूको नाम अध्यावधिक गरी नेकपा (एमाले)को सदस्यताको रेकर्डबाट नाम हटाउने निर्णय गरेको छ ।

‘पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवार भई प्रदेश र जिल्ला एवं मातहतका कमिटीको जिम्मेवारीबाट मुक्त भएका कमरेडहरूको नामावली संकलन गरी वैशाख मसान्तभित्र पठाउने,’ सो निर्णयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्