काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र अनुशासनको विषयमा छलफलका लागि आज तीन वटा बैठक बस्दै छन् ।

बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ । बैठकमा सभापति गगन थापाले दल नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने तयारी छ ।
दिउँसो १ बजे संसदीय दलको बैठकले नेता चयन प्रक्रिया अनुमोदन गर्नेछ ।
दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक बस्ने छ । बैठकमा बागी उम्मेदवार र उजुरी परेका नेताहरूबारे छलफल गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप सभापति कान्छाराम तामाङको स्पष्टीकरणमाथि निर्णय लिनेछ ।











