Logo
Logo

बालेन सरकार असफल भैसक्यो, अवसान हुन बाँकी छ : हर्क साम्पाङ 


1.1k
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन्द्र शाह नेतृत्वको सरकार असफल भएको बताएका छन् । सोमबार एक स्टाटस लेख्दै उनले गरिबको गाँस खोस्ने र बास भत्काइदिने सरकार सफल नहुने बताएका हुन् ।

उनले सुकुम्वासी बस्तीको एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको छ । अब अवसान मात्रै बाँकी छ । त्यो सरकार जसले गरिबको गाँस खोस्छ र बास भत्काइदिन्छ त्यो असफल सरकार हो । यो तस्बिरले हजारौँ शब्दहरू बोलिरहेका छन् । गरिबलाई लात हान्ने प्रवृत्तिको कुनै पनि हालतमा पुष्टि गर्न सकिन्न ।’

यस्तै, उनले चुनौती दिँदै भनेका छन्, ‘करोडौँ अरबौँ भ्रष्टाचार गरी गरी महल बनाएर मस्त निदाउनेहरूलाई मेरो चुनौती छ । गरिबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ। यो गरिबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार हुँदै होइन ।’

उनी अगाडि लेख्छन्, ‘चुप चाप घण्टीमा छाप भन्दै भोट माग्ने र दिनेहरू अब चुपचाप सामान बोकी टाप दिन पर्दाको बिजोगलाई म कुनै पनि हालतमा अनुमोदन गर्न सक्दिन । गरिबको दु:ख नदेख्ने आँखा । गरिबको घाउमा मलहम लगाउन नसक्ने हात र गरिबको पिडा बोल्न नसक्ने ओठको केही काम छैन। सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्