Logo
Logo

खोप लगाउन छुटेका बालबालिकाका लागि ‘खोज र खोप’ अभियान सञ्चालन 


126
Shares

काठमाडौं ।  सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ  । 

The current image has no alternative text. The file name is: child-khop.jpg

सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउनका लागि  ‘खोज र खोप’ अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभागको खोप तथा बाल स्वास्थ्य शाखाले जनाएको छ । 

खोज र खोप अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप दिइने छ । 

सरकारले गत मङ्सिर र पुस महिनामा खोप लगाउन बाँकी रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको छ । नेपालमा अहिले पनि ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र १० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र एक प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । 

सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई ती खोप लगाउने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार खोपको प्रभावकारिताको कारणले नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जीवित जन्मबाट २६.५ प्रतिहजार जीवित जन्ममा घटाउन सफल भएको छ ।

केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्न गई दादुरा रुबेलाको महामारी देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्