Logo
Logo

कांग्रेसले सोध्यो गोरखा उपसभापति बस्नेतलाई स्पष्टीकरण


756
Shares

काठमाडौं । नेपाली कांग्रेसले गोरखाका जिल्ला उपसभापति इमानसिंह बस्नेतमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

कांग्रेसप्रति अभिरुचि बन्द भयो भन्दै फेसबुक स्टाटस लेखेका बस्नेतलाई पार्टीको अनुशासन समितिले ३ दिने स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणमा भनिएको छ, ‘तपाईँले उक्त पोस्ट किन गर्नुभएको हो ? यस्तो गैर जिम्मेवार अभिव्यक्तिले पार्टी अनुशासन उल्लंघन भए वापत तपाईँलाई कारबाही किन नगर्ने ?।’

उनले अहिले सो स्टाटस हटाइसकेका छन् । तर, तोकिएको समयमा चित्तबुझ्दो जवाफ नआए पार्टीको विधान र नियमावली अनुसार कारबाही प्रक्रिया अघि बढ्ने स्पष्टीकरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्