Logo
Logo

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका तीन निर्णय


2.4k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठक विभिन्न तीन निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको बैठकले विभिन्न शीर्षकमा तीन निर्णय गरेको जानकारी दिए ।

जसमा सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ । सरकारका प्रवक्ता पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्