
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरू संख्यामा कम भए पनि सशक्त र प्रस्ट विचार बोकेर अगाडि बढ्ने बताएका छन् ।
सोमबार संसदीय दलको नेतामा सर्वसम्मत भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संख्यामा कम भएपनि विचारमा परिपक्व र प्रस्ट भएको बताएका हुन् । उनले भने, ‘हामी संख्यामा कम छौँ, विचारमा परिपक्व र प्रस्ट छौँ ।’
कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा र आफूले प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र संविधान विपरीतका कामको विरोध गरेर सरकारलाई सचेत बनाउने आङदेम्बेले बताए ।











