Logo
Logo

यस्तो छ आजको मौसम पूर्वानुमान


189
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: Mausam.gif

हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ । साथै गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित हल्का सम्मको पानी परिरहेको छ ।

त्यस्तै आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ  ।

त्यसैगरी आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको धेरै स्थानहरूमा र मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा/हिमपातको पनी सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्