Logo
Logo

काठमाडौंको टेकुमा सडकबीचमै पेट्रोल पम्प


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २१ माघ ।

टेकुको विष्णुमति खोलामा नयाँ बनेको पुलछेउमै पेट्रोल पम्प छ । कनक टे«ड सेन्टर । यो पम्प त्यहाँ नयाँ बनेको पुलको सडकको बीच भागमै पर्दछ ।

नयाँ बनेको पुल प्रयोग गरेर कलंकी, बल्खुबाट त्रिपुरेश्वरतिर आउने सडकमै पेट्रोल पम्प रहेकोले सवारी साधनलाई अप्ठेरो परिरहेको छ । सवारी साधन सडकबीचमा पेट्रोल पम्प भएकै कारण घुम्नुपरेको छ । खोलामा नयाँ पुलले जोडेको सडकको भागमै पेट्रोल पम्पको भण्डारण रहेकाले सवारी साधन घुम्नु परेको हो ।

पेट्रोल पम्पको भण्डारण सडकबीचमै रहँदा सडकमा यात्रा गर्ने सवारी साधानदेखि यात्रुसम्मले जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । यस्तो संवेदनशीलतालाई मध्यनजर गर्दै पम्प तुरुन्त हटाउनुपर्ने हो तर सबै यसमा आलटाल गरिरहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ ।

सडक बीचमै परेकाले यो हट्नु आवश्यक रहेको तर हटाउन कानुनी अड्चन रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्तको कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका इन्जिनियर रञ्जनप्रसाद सिलवालले सर्वोच्चमा यस विषयमा विचाराधिन मुद्दा परेकै कारण हटाउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्