Logo
Logo

मेरो दृष्टिमा ‘दृष्टि’


- कृष्णमणि पराजुली


  • कृष्णमणि पराजुली

सामान्यतया सबैले दृष्टि भन्नाले बुझ्ने अर्थ भनेको हेराई, प्रकाश, उज्यालो आदि नै हो । यसैले दृष्टि साप्ताहिकले एक प्रकारको प्रकाशको पुञ्जको रुपमा कार्य गर्दै आएको देखिन्छ ।

दृष्टि मेरो सहोदर भाइजस्तो लाग्छ । मैले सरकारी सेवामा अधिकृतको रुपमा प्रवेश गरेको २०३६ साल हो । त्यसको चार वर्षपछि २०४० सालमा दृष्टिले आफ्नो प्रकाशन आरम्भ गरेको हो । यस अर्थमा मैले दृष्टिलाई भाइ भनेको हो ।

२०४० साल दृष्टि पढ्ने हामी केही साथीहरुको एउटा समूह थियो । जागिरे भएको र आफ्नो आश्रित केही नभएको हुँदा पत्रपत्रिका पढ्ने एक किसिमको बानी हामीमा बसेको थियो । त्यस समयमा पत्रपत्रिकामा हामीहरुले पढ्ने भनेको गोरखापत्र, दि राइजिङ नेपाल, राष्ट्रपुकार, समीक्षा, मातृभूमि, छलफल, प्रकाश र दृष्टि नै थिए । राइजिङ नेपाल अंग्रेजी भाषामा भएको हुँदा हामीलाई बुझ्न अलि कठिन पथ्र्यो भने गोरखापत्र सरकारी मुखपत्र भएको हुनाले सरकारी सूचना, विज्ञापन, राजतन्त्रको गुणगान, सरकारी व्यवस्थाको जयजयकार आदि विषयलाई अग्राधिकार दिएर समाचारहरु प्रशारण हुन्थे । प्रत्येक समाचारको प्रारम्भ नै श्री ५ भन्ने शब्दबाट समाचार शुरु गरिएको हुन्थ्यो । यस्तो समाचार हामीजस्ता भर्खर जागिरमा प्रवेश गरेका युवाहरुको लागि मतलबको विषय नभएको हुँदा गोरखपत्र पढ्ने बानी थिएन । त्यसमा पनि प्रत्येक सरकारी कार्यालयमा गोरखापत्र उपलब्ध हुने भएकोले किन्ने जरुरत पनि थिएन । तर पनि सरकारी सूचना तथा लोकसेवा आयोगका जागिरे विज्ञापन हामीजस्ता युवकहरुको लागि आवश्यक हुने नै हुँदा बाध्यतावश जागिर नभएका साथीहरुले किन्ने पनि गर्दथे । गोरखापत्र हाम्रो रुचिको पत्रिका नभएर सरकारी मुखपत्र र सरकारी सूचना प्रवाह गर्ने माध्यम भएकोले कार्यालयमा पढ्नुपर्ने अवस्था भने थियो । दि राइजिङ नेपाल भने अंग्रेजी भाषा बुझ्न र जान्नको लागि हप्तामा एक दुई अंक किनेर पढिन्थ्यो पनि । यो पत्रिका सूचना तथा समाचारको दृष्टिले भन्दा पनि अंग्रेजी भाषा राम्रो बनाउने उद्देश्यले फाट्टफुट्ट किन्ने गरिन्थ्यो ।

कृष्णमणि पराजुली

मेरो दृष्टिसँग गहिरो सम्बन्ध रहिआएको कुरा म पुनः स्मरण गराउन चाहन्छु । पहिले म दृष्टिको नियमित पाठक थिएँ भने अहिले पाठकसहितको नियमित स्तम्भकार पनि हुँ । यसरी मैले दृष्टिबाट कहिले टाढा हुन सकिनँ र लामो अवधिदेखि निरन्तर रुपमा लागिरहेको छु ।

यी दुई पत्रिकापछिका रोजाइका अरु केही पत्रिका भने हाम्रो दृष्टिमा ‘दृष्टि साप्ताहिक’ नै थियो । दृष्टि सत्ताधारी गुणगान गर्ने नभएर उनीहरुले गरेका गलत कामहरुको सशक्तरुपमा प्रतिरोध गर्नु थियो । दृष्टिले थोरै आलिसान वर्गका पक्षमा नभएर पिँधमा रहेका शोषित पीडित निम्न वर्गको पक्षका समाचार सम्प्रेषण गरेको हुन्थ्यो । जुन समाचारले ती आवाजविहीन वर्गको मन मस्तिष्कमा चस्स छुन पुगेको हुन्थ्यो । दृष्टिमा प्रकाशित समाचार एवं लेखहरु तल्ला वर्गलाई लक्षित गरी लेखिएको हुँदा यसको पहुँच एवं विस्तार मुलुकभरि नै थियो । यसरी दृष्टि पत्रिकाले जनमानसमा आफ्नो अग्रणी भूमिका निर्वाह गर्न सफल भएको थियो ।

त्यस समयको शासन व्यवस्था एकतन्त्रीय निरंकुश राजतन्त्र थियो । जुन शासन व्यवस्थ कानूनी शासनको परिकल्पनासम्म पनि गरिएको थियो । संविधान र कानून भन्दा राजामाथि हुन्थे । राजा नै सर्वेसर्वा हुन्थे । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राजाबाटै सञ्चालन हुन्थे । कुनै जघन्य अपराधको सजाय भोगिरहेका अपराधीको अपराध मिनाहा गर्ने, घटाउने जस्ता कार्य पनि राजाबाट हुने हुँदा त्यसबेलाको न्याय प्रणाली कस्तो थियो भन्ने कुरा जो कोहीले सहजै अनुमान गर्न सकिन्थ्यो । विधि, विधान र प्रणालीबाट शासन सञ्चालन नहुँदा निरंकुशतन्त्रले मलजल पाइनै रहेको थियो । चाकरी, चाप्लुसी र आफ्नो मान्छेद्वारा प्रशासन सञ्चालन भएको हुँदा सर्वसाधरणले दुःख पाउनुसम्म पाएका थिए र सधैँ उनीहरुमा प्रशासनदेखि डराएर बस्नुपर्ने अवस्था रहेको थियो ।

यस्तो क्रुर निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाले अनेकौं अमानवीय गतिविधि सञ्चालन गरेको हुन्थ्यो । शासक र व्यवस्थाको विरोधमा पत्रपत्रिकाहरुलाई कलम चलाउन कठिन थियो । तर यस्तो जान्दाजान्दै पनि दृष्टि पत्रिकाले व्यवस्था र सरकारको बारेमा कलम चलाइनै रहेको हुन्थ्यो । आज दृष्टिका सम्पादकलाई यस्तो समाचार लेखेवापत अञ्चलाधीशले पूर्जी काटेको छ भनेर समाचार आउथ्यो भने कहिले पत्रिका बन्द भयो भन्ने समाचार पनि ठूला ठूला अक्षरमा अन्य पत्रपत्रिकाहरुले समाचार प्रकाशित गरेका हुन्थे ।

त्यसबेलाका अञ्चलाधीश निकै नै शक्तिशाली हुन्थे । सर्वसाधारण अञ्चलाधीश भनेपछि त्रसित हुन्थे । प्रशासनले सर्वसाधारणलाई सेवा सुविधा उपलब्ध गराई जनताको मन जित्नुको सट्टा सधैँ नै भयभित भएर बस्नुपर्ने अवस्था थियो । यस्तो निरंकुश अवस्थामा पनि दृष्टिले आफ्नो कलममा खिया लाग्न दिएन । सधैँ नै असहाय, सर्वसाधारण, पिँधका मान्छेको लागि सशक्त रुपमा कलम चलाइनै रह्यो । कुनै समयमा निर्धक्क भएर पत्रिका सञ्चालन गर्न पाएन । कहिले तपाईँसँग केही कुरा बुझ्नु परेकोले तुरुन्त यस कार्यालयमा उपस्थित हुनुहोला भनेर पूर्जी आउने गथ्र्यो भने, कहिले के कति कारणले यो समाचार प्रकाशित गर्नुभयो ? यसबाट हुने राष्ट्रिय क्षतिप्रति तपाईं किन जिम्मेवार नहुने ? र तपाईंलाई कानूनबमोजिम किन कारवाही नगर्ने भन्ने चिठी पनि अञ्चलाधीश कार्यालयबाट थोपरिएको हुन्थ्यो । कतिपय अवस्थामा धम्कीपूर्ण भाषा प्रयोग गरिन्थ्यो र सचेत हुन पनि आदेश गरिएको हुन्थ्यो । यस्तो भयावह स्थितिमा पनि दृष्टि अगाडि बढ्दै गयो । र अहिले यो अवस्थामा आइपुगेको छ ।

आज २०७७ मार्ग ९ गते दृष्टि ३८ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्न चाहन्छु र साथै शुभकामना पनि । आगामी दिनहरुमा जनतालाई सुसूचित गर्ने कार्य र देशमा भएका अनियमित कार्य, भ्रष्टाचार र जनताले पाएका सास्तीबारे उजागर गर्नुपर्ने आवश्यकता देशको आफ्नै अवस्थाले चित्रण गरेको छ । आखिरमा दृष्टिले गरेका कार्यहरुको प्रशंसा गर्दै भविष्यमा अझ बढी क्रियाशील हुनको लागि यो शुभकामना दिन चाहन्छु ।

माथि उल्लेख गरिएका केही प्रसंगबाट यो भन्न सकिन्छ कि वास्तवमै दृष्टि आँखाको दृष्टि भन्दा कमी भएको देखिँदैन । जसरी आँखाको दृष्टिबाट विश्वलाई नै चिन्न, बुझ्न र देख्न सकिन्छ । यसरी दृष्टि पत्रिकालाई लिन सकिन्छ । आँखाको नानीले कसरी मानिसलाई सहयोग पु¥याएको हुन्छ, त्यसरी नै यो दृष्टि पत्रिकाले जनस्तरमा पु¥याएको सञ्चारलाई बिर्सन सकिँदैन ।

पत्रिकाको संरचनातर्फ ध्यान दिँदा देख्न सकिन्छ कि सबै क्षेत्र र सबैलाई यसले समेटेको देखिन्छ । पत्रिकाले समेटेका विषयवस्तुमा राजनीति, अर्थ, समाचार, सुरक्षा, मनोरञ्जन, टिप्पणी, लेख, रचना, अन्तर्वार्ता, खेलकूद, अन्तर्राष्ट्रिय, प्रवासजस्ता महत्वपूर्ण विषयबारे जनतालाई सुसूचित गर्ने कार्य निश्चयनै कठिन कार्य हो नै । यद्यपि दृष्टि पत्रिकाले यी सबै विषयलाई समेटेर निरन्तर अघि बढिरहेको हुँदा विगतमा दृष्टिका कार्यहरु प्रशंशनीय छन् ।

मेरो दृष्टिसँग गहिरो सम्बन्ध रहिआएको कुरा म पुनः स्मरण गराउन चाहन्छु । पहिले म दृष्टिको नियमित पाठक थिएँ भने अहिले पाठकसहितको नियमित स्तम्भकार पनि हुँ । यसरी मैले दृष्टिबाट कहिले टाढा हुन सकिनँ र लामो अवधिदेखि निरन्तर रुपमा लागिरहेको छु ।

आज २०७७ मार्ग ९ गते दृष्टि ३८ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्न चाहन्छु र साथै शुभकामना पनि । आगामी दिनहरुमा जनतालाई सुसूचित गर्ने कार्य र देशमा भएका अनियमित कार्य, भ्रष्टाचार र जनताले पाएका सास्तीबारे उजागर गर्नुपर्ने आवश्यकता देशको आफ्नै अवस्थाले चित्रण गरेको छ ।

आखिरमा दृष्टिले गरेका कार्यहरुको प्रशंसा गर्दै भविष्यमा अझ बढी क्रियाशील हुनको लागि यो शुभकामना दिन चाहन्छु । धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस्