Logo
Logo

सशस्त्र प्रहरीका १८ जवानलाई कारबाही गर्ने चेतावनी


0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका १८ जना प्रहरी जवान सम्पर्कबिहीन भएका छन् । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । तोकिएको समयभित्र कार्यालय उपस्थित नभए प्रहरी नियमावली बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा तपाइँ उपर प्रहरी नियमावली बमोजिम कारबाही हुने जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्