Logo
Logo

क्रिकेटर आरिफ शेख सहायक हवलदारमा बढुवा


819
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवम् नेपाल पुलिस क्लब क्रिकेट टोलीका सदस्य आरिफ शेख सहायक हवलदारमा बढुवा भएका छन् । आरिफ जवानबाट सहायक हवलदारमा विशेष बढुवा भएका हुन् ।

The current image has no alternative text. The file name is: pic2_65jmd1yvxn.jpg

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल पुलिस क्लबले आरिफको कप्तानीमा गएको मार्चमा जय ट्रफीको क्रिकेट जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्