Logo
Logo

कम्बोडियामा २११ नेपाली दूतावासको सम्पर्कमा, २७ जना जेलमा


252
Shares

काठमाडौं । कम्बोडियामा रहेका २११ जना नेपाली थाइल्यान्डस्थित बैंककको नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।

The current image has no alternative text. The file name is: nepali-embassy-bangkok.jpg

दूतावासका अनुसार उनीहरूले स्वदेश फर्काइदिन आग्रह गर्दै अनलाइन फाराम भरेका हुन्, जसमा ९ जना महिला पनि रहेका छन् ।

दूतावासले कम्बोडियाका विभिन्न कारागारमा २७ जना नेपाली पुर्पक्षका लागि थुनामा रहेको जनाएको छ । उनीहरूविरुद्धका कानुनी प्रक्रियामा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने उल्लेख गरिएको छ।

दूतावासका अनुसार सम्पर्कमा आएका नेपालीहरू सन् २०२२ मेदेखि २०२६ मेसम्म कम्बोडिया पुगेका हुन् । साथै २५ जना नेपाली शुक्रबार नेपाल फर्किने तयारीमा रहेका छन् । नेपाल फर्किने क्रममा यात्रुहरूलाई कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न दूतावासले आग्रह गरेको छ । कनेक्टिङ फ्लाइट नभएको टिकट लिँदा ट्रान्जिट देशको भिसा आवश्यक पर्न सक्ने तथा लगेज पुनः चेक–इन गर्नुपर्ने झन्झट हुन सक्ने चेतावनी पनि दिइएको छ ।

दूतावासले नेपालीहरू कम्बोडिया जानका लागि २ लाखदेखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिलाई तिरेको जानकारी समेत प्राप्त भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्