Logo
Logo

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


0
Shares

सल्यान । सल्यानको बागचौर नगरपालिका१० भाटबिटेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे१त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका १३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्