Logo
Logo

ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ: राष्ट्रपति


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: ramchandra-paudel-1.jpg

मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्र्रियामार्फत् नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाँउदा काममा सरिक गराई उत्पादनसँग जोड्ने र राष्ट्रिय रुपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्यरुपमा उनीहरूको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्दछ भन्ने म ठान्दछु,’ राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतिर उन्मुख रहेको पनि बताए । ‘युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्,’ उनले भने, ‘यस्तो स्थितिमा ज्येष्ठ नागरिकहरूको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर हुनेछ भन्नेमा म विश्वस्त छु ।’

राष्ट्रपति पौडेलले सम्मेलन ज्ञान र सिपको अन्तर्पुस्ता हस्तान्तरण तथा जनसंख्याको अवस्थाअनुसार अघिल्लो र पछिल्लो पुस्ताको समिश्रणको सेतु बन्नुपर्नेे सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्