Logo
Logo

रास्वपाका सांसदहरुको प्रशिक्षण शुरू, प्रशिक्षणमा न्युन उपस्थिति


378
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ ।

सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवम् अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पदाधिकारीसहित सांसदहरू सहभागी छन् ।

यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाएका छन् । उद्घाटन सम्बोधनमा उनले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने सङ्केत रहेको बताए ।

पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्याङ्कन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उनको भनाइ छ । पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्याङ्कन गर्ने चेतावनी समेत दिए ।

नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्