
काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ । सरकारले विश्वविद्यालयहरुमा विद्यार्थी संगठनहरुरु खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट परेको थियो ।
आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा दायर गरेको रिटमा आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । यससँगै अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।












