Logo
Logo

किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण ऋण


0
Shares

काठमाडौं । सरकारले किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण ऋण दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण ऋण र प्रविधिमा पहुँच विस्तार गरिने बताए ।

राष्ट्रपति पौडेलले कृषिमा आधुनिक क्रान्ति र सहुलियतमा बीउबिजन र ऋण उपलब्ध गराइने पनि बताए । सरकारले विषादीको प्रयोग न्यूनीकरणका लागि प्रदेशसँग समन्वय गरिने घोषणा गरेको छ ।

राष्ट्रपति पौडेलले कृषियोग्य जमिन बाँझो रहने प्रवृत्तिलाई निरुत्साहित गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
वैज्ञानिक तरिकाबाट बाँझो जमिनलाई उपयोग गर्न महिला भूमिहीन तथा साना मझौला किसानको पहिचान सुनिश्चित गरी अगाडि बढाइने राष्ट्रपति पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्