Logo
Logo

एक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल बनाउने सरकारको घोषणा


0
Shares

काठमाडौं । सरकारले शून्य हिंसा सहनशीलता नीति लागू गर्दै सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सबै समावेशी समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

नीति तथा कार्यक्रममा योग्यतामा आधारित छात्रवृत्ति सञ्चालन गरिने तथा छात्रवृत्ति रकम डिजिटल माध्यमबाट सिधै बैंक खातामा उपलब्ध गराइने उल्लेख गरिएको छ । विद्यालय तहदेखि नै प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने पनि सरकारले जनाएको छ ।

त्यसैगरी सामाजिक पुनःएकीकरणका कार्यक्रम सञ्चालन गरिने तथा आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने लक्ष सरकारले लिएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्