
काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई शब्दजालको भण्डारको संज्ञा दिएको छ ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद गुरु बरालले रास्वपा नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ केही कुरा नआएको प्रतिक्रिया दिए ।
उनले भने, ‘यसको कुनै गन्तव्य छैन, कुनै दिशा लिएको छैन । यो नितान्त परम्परावादी छ । पुराना राजनीतिक दलहरूले ल्याएकालाई नै नयाँ भाषामा ढालिएको छ ।’
आज सरकारका तर्फबाट संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।












