Logo
Logo

‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा, नेपाललाई ‘देवभूमि’का रूपमा विश्वमा चिनाइने


63
Shares

काठमाडौं । पर्यटन क्षेत्र अन्तर्गत नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान घोषणा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

त्यस्तै २०८५ साललाई ‘भिजिट नेपाल–२०८५’ को रुपमा मनाउन पूर्वतयारी सुरू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपालको पानीलाई अन्तर्राष्ट्रियकरण गर्न ब्रान्डिङ गर्न ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणा ल्याइएको छ ।

छरिएका प्रदूषण शुल्कहरूलाई एकीकृत गरी ‘हरित कर’ प्रणाली लागु गरिने र छुट्टै ‘नेपाल कार्बन प्राधिकरण’ गठन गरिने व्यवस्था समेत गरिएको छ । डढेलो नियन्त्रणका लागि छुट्टै केन्द्र स्थापना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्