Logo
Logo

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


378
Shares

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले आ–आफ्नो धारणा राख्नेछन् ।

त्यस्तै बैठकमा कानुनमन्त्री सोविता गौतमले नेपाल सरकार र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुन सहायतासम्बन्धि सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्