Logo
Logo

बजेटको अस्वाभाविक अंक फेर्ने अर्थमन्त्रीको तयारी


441
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई सच्याइने बताएका छन् ।

प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै उनले अहिले सरकारले साढे १९ खर्ब माथिको बजेट विनियोजन गरेको भए पनि खर्च १६ खर्ब बराबर मात्र गर्न सक्ने अवस्था रहेको जानकारी दिए ।

बजेट निर्माणका क्रममा अस्वाभाविक अंक राख्ने विगतदेखिको प्रवृत्तिले यो अवस्था आएको उनले बताए । त्यसमा पनि पूँजीगत तर्फ २ खर्ब मात्र हाराहारी खर्च हुने गरेको भन्दै उनले यो खर्चले हामीले देखेका सपना पूरा नहुने उनले बताए । सोहीकारण अर्थतन्त्रको विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको उनको भनाइ छ ।

यस वर्ष १८ खर्ब ९० अर्ब रुपैयाँ हाराहारीको सिलिङ दिइएको भन्दै उनले स्रोतको चुनौती रहेको स्वीकार गरे । राजस्वले १३ खर्ब रुपैयाँ हाराहारी मात्र स्रोत धान्न सक्ने अवस्था रहेको र बाँकी ७ खर्ब हाराहारीको स्पेस नै मुख्य चुनौती रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्