Logo
Logo

राष्ट्रपतिको सम्बोधनका बेला प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसको आपत्ति


441
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

The current image has no alternative text. The file name is: thapa.jpg

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उक्त घटनालाई संवैधानिक संस्कार र संसदीय परम्पराविपरीत भएको टिप्पणी गर्दै प्रधानमन्त्रीसँग तत्काल संसदमा स्पष्ट जवाफ माग गरीन् ।

उनले राष्ट्रपतिजस्तो गरिमामय संवैधानिक पदको सम्बोधन भइरहेका बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु लोकतान्त्रिक संसदीय इतिहासमै विरलै देखिने घटना भएको बताइन् । साथै, संवैधानिक पदहरूको सम्मान गर्न, संसदीय मर्यादा कायम राख्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई सचेत गराइन् ।

प्रमुख सचेतक थापाले लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुने उल्लेख गर्दै संवैधानिक संस्थाहरूको गरिमा जोगाएर अघि बढ्न प्रधानमन्त्री साहको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, “राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री सदनबाट बाहिरिनु सामान्य घटना होइन । यसले संवैधानिक संस्कार, संसदीय परम्परा र सरकारको जिम्मेवारीमाथि प्रश्न उठाएको छ। त्यसैले यस विषयमा तत्काल संसदमा स्पष्ट जवाफ दिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्