अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।

पर्वतबाट अर्घाखाँची भ्रमणका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी गाउँपालिका–८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार कार्य जारी राखेका छन् । घाइतेहरूलाई उपचारका लागि अर्घाखाँची अस्पताल र पाल्पा अस्पतालतर्फ पठाउने क्रम भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।














