Logo
Logo

बादलको प्रश्न- लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेना किन सुकुम्बासी बस्तीमा परेड खेल्दैछ ?


567
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मुक दर्शक बन्यो ?’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले भने ।

नेता बादलले प्रतिनिधिसभामा दलको तर्फबाट बोलेका हुन् । सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । यसअन्तर्गत एमालेको तर्फबाट प्रतिनिधिसभाको रोष्ट्रम प्रयोग गरेका एमाले नेता बादलले सेनाको भूमिकाबारे प्रश्न उठाएका हुन् ।

उनले सेनाको भूमिकाबारे अर्को प्रश्न पनि गरे, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ ?’

सेनाबारे एमाले नेता बादलले गरेको यस्तो टिप्पणीको सदनमै आलोचना भएको छ । रास्वपाका सांसद मनिष खनाल र राप्रपाकी सांसद खुस्बु ओलीले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनै माग गरेका छन् ।

‘नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन । राष्ट्रिय मनोबलमाथिको प्रहार हो । यो उहाँबाट निरन्तर भइरहेको छ त्यसमा म खेदल प्रकट गर्न चाहन्छु’ रास्वपाकी सांसद ओलीले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्