Logo
Logo

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो


0
Shares

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन् । 

The current image has no alternative text. The file name is: chalpahal.jpg

बुधवारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरूको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन् ।

तिजी अवलोकन गर्न बुधवार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना ९एक्याप० जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब छ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले राससलाई जानकारी दिए ।

यो पर्वका अवसरमा खुखशान्तिको कामना गर्दै बुधवारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै स्थानीयले  नृत्य पनि  प्रस्तुत गर्ने परम्परा छ । तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्