काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको शनिवार बस्ने गरी बैठक आह्वान गरेका हुन् । फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो ।

निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वमाथि दबाब बढ्दै गएको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले लामो समयसम्म औपचारिक बैठक आह्वान गरेका थिएनन् । चुनावी पराजयको औपचारिक समीक्षा हुन नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि पनि देखिँदै आएको छ।
पार्टीभित्रको पछिल्लो अवस्थालाई लिएर सङ्गठनात्मक पुनरावलोकन र चुनावी समीक्षा बैठकको मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ । नेताहरूका अनुसार यस बैठकले पार्टीको आगामी रणनीति, सङ्गठन सुदृढीकरण र नेतृत्वको भूमिकाबारे पनि दिशा निर्धारण गर्न सक्छ ।














