काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभामा बोल्ने क्रममा शब्द चयनमा संवेदनशील हुन आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड घ मा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह गरेका हुन् ।
उनले अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्च्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने विषयमा नियमावलीमा नै उल्लेख भएकाले यसमा विशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।














