Logo
Logo

पहिले थुन्ने, अनि सुन्ने’ सरकारको शैलीमाथि झाँक्रीको प्रहार


441
Shares

काठमाडौं । रामकुमारी झाँक्री ले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउनुको सट्टा भय र त्रास सिर्जना गरेको आरोप लगाएकी छन् ।

The current image has no alternative text. The file name is: jhakri.jpg

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई “पहिले थुन्ने अनि सुन्ने” शैली अपनाएर आतंकित बनाएको टिप्पणी गरिन् ।

उनले भनिन्, “अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा मानिसमा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ । यस्तो अवस्थाले नयाँ बाटो दिन सक्दैन ।”

झाँक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमहरूको निरन्तरता मात्रै भएको बताइन् । उनका अनुसार सरकारले जनताले दिएको ठूलो जनमतलाई परिवर्तन र रूपान्तरणका लागि उपयोग गर्न सकेन ।

“पुरानै कार्यक्रम दोहोर्‍याएर लेखिएको छ । यति ठूलो जनमत पाएको सरकारले सबै क्षेत्रमा नयाँ ‘डिपार्चर’ गर्ने अवसर गुमाएको छ,” उनले भनिन् ।

सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिएको दाबी गरे पनि नागरिकता, राहदानी र जग्गाधनी पुर्जा बाँड्नु मात्रै ‘डेलिभरी’ नभएको उनको भनाइ थियो ।

उनले सबै वर्ग र समुदायको मानवअधिकार तथा मौलिक हक सुनिश्चित गर्न सरकारसँग आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्