Logo
Logo

त्रिविको निमित्त उपकुलपति बने सुशीलबहादुर बज्राचार्य


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकोको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

The current image has no alternative text. The file name is: bajracharya.jpg

अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री तथा कुलपति द्यबभिल क्जबज ले बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

यसअघि उपकुलपति प्राडा। दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्राडा। खड्ग केसी र रजिस्ट्रार प्राडा। केदारप्रसाद रिजालले पनि पदबाट राजीनामा दिएका थिए । विश्वविद्यालय पदाधिकारीविहीन बनेपछि तत्कालका लागि बज्राचार्यलाई जिम्मेवारी दिइएको हो ।

उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको छ भने आवेदन मागसमेत खुला गरिएको छ । इच्छुक उम्मेदवारलाई आवेदन दिन १० दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्