Logo
Logo

नीति तथा कार्यक्रममा दृष्टि छैन, शब्द मात्र छन् : पद्मा अर्याल


0
Shares

काठमाडौं । पद्माकुमारी अर्यालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको बताएकी छन् ।

The current image has no alternative text. The file name is: padma-aryal.jpg

प्रतिनिधि सभामा बिहीबार भएको छलफलमा बोल्दै उनले नीति तथा कार्यक्रममा स्पष्ट दृष्टि, कार्यान्वयनको आधार र जनजीवन परिवर्तन गर्ने साहसिक संकल्प नदेखिएको टिप्पणी गरिन् ।

उनका अनुसार सरकारप्रति जनताले ठूलो आशा राखे पनि प्रस्तुत दस्तावेजले त्यो भरोसा पूरा गर्न सकेको छैन ।

“नीति तथा कार्यक्रममा शब्द छन्, दृष्टि छैन । घोषणा छन्, दिशानिर्देश छैन । नाराहरू छन् तर कार्यान्वयनको आधार छैन,” उनले भनिन् । अर्यालले आफूलाई ‘नवीन सोचको सरकार’ भन्ने नेतृत्वको दस्तावेजमै नवीनता र स्पष्टता नदेखिएको भन्दै नीति र कार्यक्रमबीचको भिन्नता समेत स्पष्ट नभएको बताइन् ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय संकल्प हटाइनु पनि आपत्तिजनक भएको टिप्पणी गरिन् ।

अर्यालले नीति तथा कार्यक्रम सरकारको मात्र नभई राष्ट्रको साझा दस्तावेज भएकाले यसको समीक्षा विरोध नभई जिम्मेवार बहस भएको स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्